संस्थाको दृष्टिकोण: (OUR VISION)
सुदृढ, सक्षम, विश्वसनीय र उत्कृष्ट सहकारी ।
Strong, Able, Reliable and Excellent Co-operative Society.
संस्थाको ध्येय : (OUR MISSION)
सदस्यको आर्थिक विकास, सामाजिक न्याय एवम् सहकारी मूल्यमान्यतामा आधारित जीवनशैली र समुदायमा सकारात्मक प्रभाव पार्ने ।
To influence the Member of society by raising their Socio-economic status with business diversification and quality services.
संस्थाको लक्ष्य : (OUR GOAL)
- सदस्यकेन्द्रित बैंकिङ कारोबार गर्ने,
- सदस्य र समुदायलाई सेवा पुग्ने गरी व्यवसाय गर्ने,
- सहकारीका मूल्यमान्यताको अनुसरण गर्ने,
- सदस्यको व्यवसाय र व्यावहारिक जीवनमा सहयोग गरने,
- समुदायप्रतिको जिम्मेवारी पूरा गर्न स्वास्थ्य, शिक्षा र वातावरणीय सुधारको काम गर्ने र
- जेष्ठ नागरिक, पिछडिएको वर्ग, क्षेत्र र अपाङ्गताको क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्ने ।
संस्थाका उद्देश्य: (OUR OBJECTIVES)
-
सदस्यहरूको खाँचो पुर्ति गर्नको लागि एक जुट भै काम गर्न प्रोत्साहन गर्ने ।
-
सदस्यहरूमा स्वावलम्बनको ज्ञान, पारस्परिक सहयोग र मितव्ययिताको भावना सिजना गर्ने र बचत गर्ने बानी अभिवृद्धि गर्ने ।
-
सदस्यहरूको आर्थिक तथा सामाजिक जीवनस्तर उठाउने ।
-
सहकारी ऐन २०४८ को दफा २६ (१) ले दिएको अधिकार प्रयोग गरी सोही दफाको उपदफा (२) ले निर्धारण गरेको प्रक्रिया पूरा गरेर बैङ्किङ कारोबार गर्ने ।
-
सहकारी भावनाको अभिवृद्धि गर्दै सहकारी ऐन तथा नियमावलीको मातहतमा रही संस्थाका सदस्यहरूको जीवनस्तर माथि उठाउन सम्वन्धित निकायहरूको इजाजत लिई आयमूलक, सीपमूलक, सेवामूलक, उत्पादनमूलक एवम् स्वास्थ्य, शिक्षा, खेलकुद, आवास, सञ्चार, तालिम र वातावरण संरक्षण एवम् सुधारका कार्य गर्ने । साथै स्वरोजगारीका लागि विभिन्न कार्यहरू गर्ने ।
-
जेष्ठ नागरिकहरूको हेरचाह र सुविधाका लागि विशेष व्यवस्था मिलाउने ।
-
कृषिको व्यावसायिकीकरणमा सहयोग पुयाउने र महिला सशक्तिकरणका क्षेत्रमा कार्य गर्ने ।