skip to Main Content
सम्पर्क: +977-23-563188 / 562847 (प्रधान कार्यालय) Check Mail Career Reports Download Contact us

४२ स्थानमा एकैसमयमा दीप प्रज्ज्वलन गर्दै एनएमसीको वार्षिकोत्सव

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले आफ्नो २८ औँ स्थापना दिवस भव्य रूपमा मनाएको छ । व्यवसायगत तथा कार्यालयगत रूपमा एनएमसीले एकैपटक एकै समयमा ४२ स्थानमा वार्षिक उत्सव मनाएको हो ।


सोमबार संस्थाको दोस्रो व्यवसाय एनएमसी डेरी उद्योग र तेस्रो व्यवसाय एनएमसी एकीकृत नमुना कृषि फर्म व्यवसायसँगै पहिलो व्यवसाय बैंकिङ व्यवसायका ४० वटै कार्यालयमा एकैसाथ दीप प्रज्ज्वलनका साथ संस्थाले स्थापना दिवस मनाएको थियो । मेचीनगर–६, काँकरभिट्टामा केन्द्रीय कार्यालय रहेको संस्थाका हाल ५ वटा व्यवसाय रहेका छन् । बैंकिङ, डेरी, कृषि फर्मका अलावा संस्थाले सहकारी पसल र चिया व्यवसाय पनि सञ्चालनमा ल्याएको छ ।


वार्षिकोत्सवका लागि संस्थाले ४२ वटै स्थानमा केन्द्रीय प्रतिनिधि पठाएको थियो । संस्था अन्तर्गतका विभिन्न समिति तथा उपसमितिका पदाधिकारीहरूले केन्द्रीय प्रतिनिधिको रूपमा वार्षिकोत्सव कार्यव्रmममा सहभागिता जनाएका थिए । संस्थाका सञ्चालक समिति अध्यक्ष रामचन्द्र उप्रेतीले एनएमसी डेरी उद्योग परिसरमा सम्पन्न वार्षिकोत्सवमा दीप प्रज्ज्वलनसहित सम्बोधन गर्ने व्रmममा संस्थालाई यहाँसम्म ल्याइपु¥याउने सम्पूर्ण सेयर सदस्य, समिति पदाधिकारी, कर्मचारी, सम्बन्धित निकाय तथा शुभेच्छुकहरूमा धन्यवाद व्यक्त गर्नुभएको थियो । केन्द्रीय प्रतिनिधिको रूपमा बिर्तामोडमा वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइराला, काँकरभिट्टामा उपाध्यक्ष भगवती घिमिरे, बैगुनधुरामा प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती लगायतको उपस्थिति रहेको थियो ।


वि.सं. २०५० फागुन २४ गते तत्कालीन काँकरभिट्टा गाविसलाई कार्यक्षेत्र बनाई बचत तथा ऋणको कारोबार सुरु गरेको एनएमसीले २०७२ साल बैशाख २ गते बहुव्यवसायका रूपमा एनएमसी डेरी उद्योग सञ्चालन गरेको थियो । सुरुवाती दिनमा घाटामा रहेको डेरी उद्योग पछिल्लो आर्थिक वर्षदेखि नाफामा सञ्चालन हुन थालेको एनएमसी डेरी व्यवसायगत उपसमिति संयोजक तथा संस्थाका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइरालाले बताउनुभयो । बैंकिङ तथा डेरीको सफलतासँगै संस्थाले कृषि क्षेत्रको प्रवद्र्धनका लागि मेचीनगर–१४, दुहागढीमा करिब १५ बिगाहा जग्गा खरिद गरी एकीकृत नमुना कृषि फर्म सञ्चालनमा ल्याएको छ । कृषि फर्ममा गाईपालन, माछापालन, सब्जी उत्पादनका साथै बेर्ना बैंक र कष्टम हायरिङ पनि सञ्चालनमा छन् । संस्थाको चौथो व्यवसाय सहकारी पसल (उपभोक्ता भण्डार)बाट सदस्य तथा उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय सामग्री बिव्रmी गरिने गरिएको एनएमसी सहकारी पसल व्यवसाय उपसमिति संयोजक तथा संस्थाका उपाध्यक्ष भगवती घिमिरेले बताउनुभयो । संस्थाले मेचीनगर–५, सुरेन्द्रनगरस्थित सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्थासँँग एकीकरण गर्दै चिया प्रशोधन तथा उत्पादनका लागि कारखाना निर्माण गरिरहेको छ । चिया उत्पादकसँग सम्बन्धित संस्थाको एनएमसी चिया व्यवसायगत उपसमिति संयोजक दिलिपजंग सुब्बाले आगामी बैशाखसम्म एनएमसीले ग्रीन टी र अर्थाेडक्स चिया बजारमा ल्याउने जानकारी दिनुभयो ।


संस्थाले भर्खरै प्रदेश १ सहकारी विभाग, रजिष्ट्रारको कार्यालयबाट झापासँगै मोरङ र इलाम जिल्लामा पनि सेवा विस्तारका लागि स्वीकृति प्राप्त गरेको छ । सेवा विस्तारको स्वीकृतिलाई संस्थाले महत्त्वका साथ लिएको बताउँदै संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले एनएमसीले विगतदेखि नै गरेको असल कामको परिणाम स्वरूप सेवा विस्तारको स्वीकृति पाएको तर्क गर्नुभयो । उहाँले एनएमसीले तय गरेको ‘असल संस्कार र समृद्धिका लागि एनएमसी’को नारालाई समाज तथा राष्ट्र निर्माणका लागि लगाउन सेवा विस्तारको स्वीकृतिले थप बल पुगेको बताउनुभयो ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top