skip to Main Content
सम्पर्क: +977-566847/567188 (Corporate Office) Check Mail Career Reports Download Contact us

सुखी र खुसी परिवार निर्माण सम्बन्धी अभिमुखीकरण

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले आफ्ना समिति तथा उपसमिति पदाधिकारीलाई एकदिने उत्प्रेरणामूलक कार्यव्रmम प्रदान गरेको छ । माघ ३ गते बिर्तामोडस्थित साई पार्टी प्यालेसमा राजाबाबु शाहले एनएमसीका समिति पदाधिकारीहरुलाई सुखी र खुसी परिवार निर्माणका लागि सूत्रहरु प्रदान गर्नु भएको थियो ।


८० जनाभन्दा बढीको सहभागिता रहेको कार्यव्रmममा शाहले खुसी परिवार निर्माणका लागि व्यायाम, योग तथा स्वस्थ जीवनशैलीको महत्त्वबारे सहजीकरण गर्नुभएको थियो । कार्यव्रmम संस्था अन्तर्गतको युवा सरोकार उपसमितिको आयोजनामा सम्पन्न भएको थियो । उपसमिति संयोजक एकेन्द्र उप्रेतीको अध्यक्षतामा सदस्य सचिव हिरन कट्टेलले सञ्चालन गरेको औपचारिक समारोहमा उपस्थितहरुलाई उपसमिति सदस्य टिका पौडेल ढुंगानाले शाब्दिक स्वागत गर्नु भएको थियो ।
तालिमको पहिलो सत्रमा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले कार्यव्रmममा शुभकामना मन्तव्य राख्दै एनएमसी वर्तमान अवस्था तथा संस्थाले तय गरेको उद्देश्य विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top