बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को बित्तीय साक्षरता उपसिमितिले आयोजना गरेको कर्मचारीस्तरीय हाजिरीजवाफ…
युवा सरोकारको उद्यमशीलता कार्यक्रम
बुधबारे । एनएमसीको विषयगत समिति युवा सरोकार समितिको आयोजना तथा संस्था अन्तर्गतको बुधबारे कार्यालयको स्थानीय व्यवस्थापनमा एकदिने युवा उद्यमशीलता सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
बुधबारेस्थित रेडक्रस भवनमा सम्पन्न कार्यक्रमको सहजीकरण संस्थाका प्रशासन विभाग प्रमुख चेतन शर्मा पौडेल र युवा सरोकार समितिका सदस्य राजु उप्रेतीले गर्नुभएको थियो । समितिका संयोजक हर्क सुब्बा फ्याकको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत संस्थाका बुधबारे कार्यालयगत समिति सदस्य डिल्लीराम तिम्सिनाले गर्नुभएको थियो । ८० जना भन्दा बढी युवाको उपस्थिति रहेको कार्यक्रममा युवाले संस्थाद्वारा सञ्चालित युवा स्वरोजगारको व्यक्तिगत फारम भरेका थिए ।
This Post Has 0 Comments