बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को विषयगत उपसमिति शिक्षा तथा तालिम उपसमितिको…
महिला क्रिकेट टोलीलाई एनएमसीको सम्मान
काँकरभिट्टा । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको विजेता टोली प्रदेश १ लाई नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले सम्मान गरेको छ ।
पुस ११ देखि १९ गतेसम्म दाङको लमहीमा सञ्चालन भएको प्रतियोगिताको फाइनलमा प्रदेश १ ले विभागीय टोली एपीएफलाई पराजित गर्दै उपाधि जितेको थियो । राष्ट्रिय टोलीको नेतृत्व गर्ने रुविना क्षेत्रीसँगै अधिकांश राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्ने खेलाडीको वर्चश्व रहेको प्रदेश १ टोलीलाई शुक्रबार एक कार्यक्रम बिच एनएमसीको विषयगत उपसमिति खेलकुद उपसमितिको आयोजनामा सम्मान गरिएको हो । संस्थाको काँकरभिट्टास्थित कर्पोरेट कार्यालयको सभाहलमा सम्पन्न सम्मान कार्यक्रममा संस्थाका सञ्चालक समिति अध्यक्ष रामचन्द्र उप्रेती, सञ्चालक समिति सदस्य ठाकुरप्रसाद सिवाकोटी, प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती, एनएमसी खेलकुद उपसमिति संयोजक हरिप्रसाद तिम्सिना, सदस्यहरु खडानन्द खतिवडा, प्रविण थापा लगायतले टोलीलाई अबिर, खादा, सम्मान पत्रले सम्मानित गरेका थिए ।
सम्मान प्राप्तपछि बोल्दै प्रशिक्षक विरु श्रेष्ठ र कतान रुबिना क्षेत्रीले एनएमसी जस्तो संस्थाले गरेको यसप्रकारका सम्मानले खेलकुदमा थप उर्जा मिलेको बताउनु भयो ।
कार्यक्रमममा बोल्दै संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले एनएमसीले खेलकुदको क्षेत्रमा सधैँ सहयोग गर्न तत्पर रहेको बताउनु भयो । एनएमसी खेलकुद उपसमिति संयोजक हरिप्रसाद तिम्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमममा स्वागत सदस्य प्रविण थापाले र सञ्चालन सामुदायिक विभाग प्रमुख हिरन कट्टेलले गर्नुभएको थियो ।
This Post Has 0 Comments