skip to Main Content
सम्पर्क: +977-566847/567188 (Corporate Office) Check Mail Career Reports Download Contact us

महिला पदाधिकारी तथा कर्मचारीलाई पुनर्ताजगी

भद्रपुर । नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले एकदिने समितिस्तरीय पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । संस्था अन्तर्गतको विषयगत उपसमिति महिला सशक्तिकरण उपसमितिको आयोजनामा फागुन २८ गते शनिबार केचनास्थित किच्चकबध परिसरमा सो कार्यक्रम सम्पन्न भएको हो ।

भद्रपुुर नगरपालिकाका उपप्रमुुख चन्द्र श्रेष्ठको प्रमुुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता महिला सशक्तिकरण उपसमितिका संयोजक हेमा सिटौलाले गर्नुुभएको थियो । कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै भद्रपुुर वडा नं. ३ का वडा अध्यक्ष कमला थुुलुुङले एनएमसीले यसप्रकारका कार्यक्रमहरु आयोजना गर्दै आएका कारण नै संस्थामा महिलाको बाहुल्यता रहेको बताउनु भयो । उहाँले महिला आफैँले आफ्नो पहिचान बनाउनु पर्नेमा जोड दिँदै महिला हिंसा राज्यकै समस्या भएका कारण यसलाई जरैबाट उखेल्न एनएमसी जस्ता संस्था अगाडि बढ्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा संस्था अन्तरगतका महिला समिति पदाधिकारी साथै भद्रपुुर केचना क्षेत्र अन्तरगतका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सगरमाथा कार्यालयगत उपसमितिका संयोजक अम्विका प्रसाद पोख्रेलले स्वागत मन्तब्य प्रस्तुुत गर्नुुभएको थियो ।

कार्यक्रममा क्षेत्रीयगत आधारमा समिति तथा कर्मचारीहरुले नृत्य प्रस्तुुत गरेका थिए भने केहीले कविता वाचन समेत गरेका थिए । कार्यक्रमको आवश्यकता र औचित्य माथी अध्यक्षले प्रष्ट पारेको उक्त कार्यक्रमको औपचारिक समापन संस्थाका संचालक समितिका उपाध्यक्ष भगवती घिमिरे मैनालीले गरेकी गर्नु भएको थियो ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top