बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को विषयगत उपसमिति शिक्षा तथा तालिम उपसमितिको…
महिला दिवसको पूर्वसन्ध्यामा एनएमसीका महिलाको पदयात्रा
मेचीनगर । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले शनिश्चरेदेखि सुखानी सहिद स्मारक पार्क सालघारीसम्म एनएमसीका महिलाहरुले पैदलयात्रा (ट्रेकिङ) गरेका छन् ।
एनएमसी महिला सशक्तिकरण उपसमितिको आयोजनामा गरिएको कार्यक्रममा जिल्लाभरिका संस्थाका शाखामा कार्यरत महिलाहरुको उपस्थिति रहेको थियो ।
पैदलयात्रा पछि उपसमितिले सुखानी सहिद उद्यान पार्क सालघारीमा बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मिरा भूर्तेलको प्रमुख आतिथ्यतामा एक दिवसीय पुनर्ताजकी कार्यक्रम समेत गरेको छ ।कार्यक्रममा नेपाल बार एशोसिएसन झापाकी सचिव हेमकला कट्टेल, नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटी, समुन्नत नेपाल सहकारी संस्थाकी अध्यक्ष कोपिला बस्नेत, एनएमसी सञ्चालक समितिकी उपाध्यक्ष भगवती घिमिरे लगायतले नारी दिवसको महत्व र वर्तमान अवस्थामा महिलाको अवस्थासहितको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कार्यक्रमको अध्यक्षता हेमा सिटौलाले गर्नुभएको थियो भने स्वागत मन्तव्य नरमाया कार्की र सञ्चालन मुना कुईंकेलले गर्नुभएको थियो ।
This Post Has 0 Comments