बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को विषयगत उपसमिति शिक्षा तथा तालिम उपसमितिको…
भलिबलको उपाधि बनियानीलाई
चारआली । संस्थाको बनियानी कार्यालयलाई बिजेता घोषित गर्दै सातौं एनएमसी अन्तरकार्यालय भलिबल प्रतियोगिता फ्रेण्डसीप कर्नर चारआलीमा माघ ६ गते शनिबार सम्पन्न भएको छ ।
एनएमसी खेलकुद समितीका संयोजक मनोज उप्रेतीको सभापतित्वमा सम्पन्न प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्य ले गरेका थिए । प्रतियोगिताको औचित्य माथि प्रकाश पार्दै संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले संस्थाले नियमित रुपमा ७ बर्षदेखि गर्दै आएको प्रतियोगिता हाल आएर नेपालको राष्ट्रिय खेलको जगेर्ना गर्नका लागि गरेको जोडदार प्रयत्नको रुपमा उल्लेख गरेका थिए । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि आचार्यले संस्था, सम्पूर्ण टीम तथा खेलाडीहरुलाई शुभकामना व्यक्त गरेका थिए ।
संस्थाको प्रधान कार्यालय र १५ सेवाकेन्द्रहरुका कुल १६ टीमबीच नकआउट प्रतियोगिता सञ्चालन भएको थियो । प्रत्येक टीममा बढीमा २ जना व्यवसायिक खेलाडी संलग्न गरी गराइएको प्रतियोगितामा मुख्यतया कर्मचारी तथा समिति पदाधिकारीहरु खेलाडी रहेका थिए । फाइनल खेलमा बनियानी कार्यालयले धुलाबारी कार्यालयलाई २७–२५ तथा २५–१७ को सोझा सेटमा पराजित गरेको थियो । सेमिफाइनलमा बनियानीले चारआली कार्यालयलाई र धुलाबारीले इटाभट्टा कार्यालयलाई पराजित गरेका थिए । अन्यन्तै रोचक र प्रतिस्पर्धात्मक भएको प्रतियोगिताका कुल १५ खेलमा प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई म्यान अफ द म्याच घोषित गरी मायाको चिनो प्रदान गरिएको थियो । प्रतियोगितामा सर्वोत्कृष्ट प्रदर्शन गरेका बनियानी कार्यालय टीमका जर्सी नम्बर ४ का खेलाडी टंक बस्नेत म्यान अफ द टुर्नामेन्ट घोषित भए । बिजेता तथा उपबिजेता टीम तथा खेलाडीहरुलाई संस्थाको २५ औं वार्षिक उत्सव फाल्गुण २४ मा ट्रफी, मेडल तथा नगद पुरस्कार सहित सम्मान गरिने एनएमसी खेलकुद समिति सदस्य सचिव नबिन भण्डारीले जानकारी दिए ।
झापा जिल्ला भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताको फिल्ड व्यवस्थापन फ्रेण्डसीप कर्नर चारआलीले गरेको थियो । समापन समारोहका क्रममा विशेष अतिथि १ नम्बर प्रदेश भलिबल संघका अध्यक्ष विश्वराज धिमालको उपस्थिति रहेको थियो । कार्यक्रममा आप्mनो धारणा प्रस्तुत गर्दै धिमालले नेपालको राष्ट्रिय खेलको उत्थानका लागि एनएमसीले बार्षिक रुपमा गर्ने गरेको अन्तर कार्यालय भलिबल प्रतियोगिताको प्रशंसा गरेका थिए ।
कार्याव्रmममा नेपाल भलिबल संघका केन्द्रिय सदस्य लेखनाथ पराजुली, झापा जिल्ला भलिबल संघका पूर्वअध्यक्ष गणेश बिक्रम नेम्वाङ, वर्तमान अध्यक्ष सैलेन्द्र श्रेष्ठ, सचिव खडानन्द खतिवडा, सहसचिव राजु पाठकको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन एनएमसी खेलकुद समितीका सदस्य सचिव नबिन भण्डारीले गरेका थिए । सहकारीको सामाजिक उत्तरदायित्व पूरा गर्ने सन्दर्भमा एनएमसी खेलकुद समितिले प्रत्येक वर्ष अन्तर कार्यालय भलिबल प्रतियोगिता आयोजना गर्ने गरेको छ ।
This Post Has 0 Comments