बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को बित्तीय साक्षरता उपसिमितिले आयोजना गरेको कर्मचारीस्तरीय हाजिरीजवाफ…
बजार प्रतिनिधि हाजिरीजवाफ प्रतियोगिताको उपाधि विर्तामोड क्षेत्रीय कार्यालयलाई
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. झापाको वित्तीय साक्षरता समितिको आयोजनामा विर्तामोड क्षेत्रीय कार्यालयमा बजार प्रतिनिधिस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
सहकारी तथा संस्थाको विषयमा विगतदेखि हालसम्मका समसायिक विषयको जानकारी गराउने उद्देश्यले आयोजना गरिएको थियो ।
कर्मचारीस्तरीय हाजिरीजवाफ प्रतियोगितामा संस्था अन्तर्गतको ६ वटा क्षेत्रीय कार्यालयको सहभागिता रहेको थियो । संस्थाको सम्पूर्ण बजार प्रतिनिधिहरुलाई समेटी २ चरणमा छनौट कार्यक्रम सम्पन्न गरिएको थियो ।
उक्त ६ वटा समूह मध्ये प्रतियोगितामा विर्तामोड क्षेत्रीय कार्यालय प्रथम, अर्जुनधारा क्षेत्रीय कार्यालय दोश्रो तथा मेचीनगर क्षेत्रीय कार्यालय तेश्रो स्थान भएको थियो । उक्त प्रथम, दोश्रो तथा तेश्रो हुने टोलीलाई क्रमशः नगद ८ हजार, ६ हजार र ४ हजारसहित प्रमाणपत्र वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा संस्थाको उपाध्यक्ष भगवती घिमिरे मैनाली, सञ्चालक सदस्य डम्बरबहादुर बस्नेत, प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती, विर्तामोड काार्यलयगत समिति संयोजक शान्ता रोकाको उपस्थिति रहेको थियो ।
विर्तामोड कार्यालयगत समितिको संयोजक चन्द्रा सेढाईले स्वागत मन्तव्य तथा वित्तीय साक्षरता समितिको सदस्य मैना प्रधानले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।
उक्त कार्यक्रमको अध्यक्षता वित्तीय साक्षरता समितिको संयोजक गोपाल प्याकुरेल रहनुभएको थियो भने कार्यक्रम सञ्चालन सदस्य सचिव अरुणकुमार प्रधानले गर्नु भएको थियो ।
This Post Has 0 Comments