बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को बित्तीय साक्षरता उपसिमितिले आयोजना गरेको कर्मचारीस्तरीय हाजिरीजवाफ…
बजारप्रतिनिधिस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
माघ २४ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)को बजारप्रतिनिधिस्तरीय हाजिरीजवाफ प्रतियोगिता शनिश्चरे कार्यालयस्थित एनएमसी भवनमा सम्पन्न भएको छ ।
मेचीनगर, बिर्तामोड, अर्जुनधारा, भद्रपुर, शिवसताक्षी र कनकाई गरी ६ वटा क्षेत्रीय कार्यालयहरुको सहभागिता रहेको प्रतियोगिता बिर्तामोड क्षेत्रिय कार्यालयले जितेको छ । त्यस्तै मेचीनगरले दोस्रो र अर्जुनधाराले तेस्रो स्थान हात पारेका छन् ।
प्रतियोगिताको सुरुवात परिचयात्मक कार्यक्रमबाट भएको थियो । संस्थाका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइराला, उपाध्यक्ष भगवती घिमिरे, संचालक समिति सदस्य कमल गुराँगाई लगायतको विशेष उपस्थिती रहेको कार्यक्रमको अध्यक्षता बित्तीय साक्षरता उपसमिति संयोजक गोपालप्रसाद प्याकुरेलले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन अर्जुनधारा क्षेत्रीय कार्यालय प्रमुख बासुदेव खतिवडाले गर्नुभएको थियो । बितीय साक्षरता उपसमितिका सदस्य कमलप्रसाद पाठक र दिपक दाहालले प्रतियोगीलाई प्रश्न सोध्नुभएको थियो ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई क्रमश १० हजार, ८ हजार र ६ हजार रुपैयाँसहित प्रमाणपत्र बितरण गरिएको थियो ।
This Post Has 0 Comments