बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को विषयगत उपसमिति शिक्षा तथा तालिम उपसमितिको…
नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन ट्रेकिङ कार्यक्रम सतासीधाममा
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC COOP को सामाजिक सरोकारसँग सम्बन्धित समिति महिला सशक्तिकरण समितिको आयोजनामा १ दिने ट्रेकिङ कार्यक्रम सतासीधाममा सम्पन्न भएको छ ।
सरकारले सन्् २०२० मा २० लाख विदेशी पर्यटक भित्राउने लक्ष्य लिएको छ । Life Time Experience भन्ने मूल नारा सहित नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन कार्यक्रम राखिएको थियो । स्थानीय पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्ने मूख्य उद्देश्य लिइएको उक्त ट्रेकिङ कार्यक्रममा शिवसताक्षी नगरपालिकाको उपमेयरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
महिला सशक्तिकरण समितिको संयोजक हेमा सिटौलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य सचिव अरुणकुमार प्रधानले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा संस्थाको तर्फबाट संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, वरिष्ठ उपाध्यक्ष नारायाणप्रसाद कोइराला, उपाध्यक्ष भगवति घिमिरे, सञ्चालक समिति सदस्यहरु सावित्रा भट्टराई दाहाल, लक्ष्मी अधिकारी काफ्ले, सीताकुमारी श्रेष्ठ, देवकुमारी शेर्मा र दुर्गाप्रसाद भट्टराई साथै लेखा सुपरीवेक्षण समिति सदस्य रचना दाहाल साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीको समेत सहभागिता रहेको थियो ।
झापाको झिलझिलेबजार परिक्रमा गरि करिब ६ कि.मि. सतासीधाम हुदै झरनासम्म ट्रेकिङमा संस्थाका समिति पदाधिकारी तथा कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो । सतासीधाममा चिया, नास्ता तथा खानाको समेत व्यवस्था गरिएको थियो ।
This Post Has 0 Comments