बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाले आफ्ना महिला कर्मचारी तथा समितिका रहेका महिला…
चारपानेमा एनएमसीको आँखा शिविर
चारपाने । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) ले आफ्नो नयाँ कार्यालय अन्तर्गत चारपाने सम्पर्क कार्यालयमा एकदिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । रजत वर्ष मनाइरहेको संस्थाले यस वर्ष आँखा शिविरलाई अभियानको रुपमा सञ्चालन गर्दै आएको छ ।
आँखा शिविर सञ्चालन गर्दै मोतियाबिन्दुको पहिचान गरी पूर्ण तथा आंशिक सहुलियतमा अपरेसन गर्ने संस्थाले लक्ष्य लिएको छ । यसैव्रmममा मंगलबार संस्थाको नयाँ सम्पर्क कार्यालय चारपानेमा सञ्चालित आँखा शिविरमा ३ सयभन्दा बढी सेवाग्राहीले सेवा लिएका थिए । बिर्तामोडस्थित बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोग तथा एनएमसी बिर्तामोड कार्यालयको स्थानीय व्यवस्थापनका आँखा शिविर सम्पन्न भएको थियो । शिविरमा ३० जनामा मोतियाबिन्दुको पहिचान गरिएको थियो ।
एनएमसी बिर्तामोड कार्यालयगत समिति संयोजक हरिप्रसाद आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सञ्चालक सदस्य डम्बरबहादुर बस्नेत, भगवती घिमिरे मैनाली, समितिका सदस्य सचिव जीवनमणि कटुवाल, बिर्तामोड आँखा अस्पतालका नेत्ररोग चिकित्सक रज्जाक खानलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन एनएमसी बिर्तामोड कार्यालयका कार्यालय प्रमुख कमलप्रसाद कट्टेलले गरेका थिए ।
This Post Has 0 Comments