बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को विषयगत उपसमिति शिक्षा तथा तालिम उपसमितिको…
खुदुनाबारीमा एनएमसीको हाजिरीजवाफ
खुदुनाबारी । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको विषयगत समिति अतिरिक्त व्रिmयाकलाप समितिको आयोजनामा जिल्लास्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता कात्तिक २४ गते शुक्रबार सम्पन्न भएको छ ।
खुदुनबारीको जनता माविमा सम्पन्न प्रतियोगितामा अर्जुनधारा–६, लक्ष्मीपुरस्थित लक्ष्मी मावि प्रथम, बुधबारेको बुद्ध आदर्श मावि दोस्रो, खुदुनाबारीस्थित जनता मावि तेस्रो भए । यस्तै बुद्धशान्ति–३, जयपुरस्थित आदर्श माविले सान्तवना पुरस्कार हात पारेको थियो ।
अर्जुनधारा नगरपालिकाकी उप प्रमुख कमला आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यव्रmममा संस्थाका सञ्चालक समिति सदस्य डम्बरबहादुर बस्नेत, अभियान नेपालका हरि वाग्ले, जनता माविका सहायक प्रधानाध्यापक डम्बरकेशर नेपाल, समिति सदस्य कृष्णप्रसाद भट्टराईगायतले बोल्नुएको थियो । संस्थाका सामुदायिक विभाग प्रमुख हरिभक्त बरालले स्वागत गरेको कार्यव्रmमको सञ्चालन समिति सदस्यद्वय गोपाल प्याकुरेल र सावित्रा दाहालले गर्नुभएको थियो । कार्यव्रmममा सयजनाभन्दा बढीको उपस्थिति रहेको थियो ।
This Post Has 0 Comments