skip to Main Content
सम्पर्क: +977-566847/567188 (Corporate Office) Check Mail Career Reports Download Contact us

कर्मचारीस्तरीय हाजिरीजवाफको उपाधि मेची क्षेत्रलाई

सुरुंगा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गत वित्तीय साक्षरता उपसमितिको आयोजनामा सम्पन्न कर्मचारीस्तरीय हाजिरीजवाफको उपाधि मेची क्षेत्रले जितेको छ । संस्था अन्तर्गतका ६ वटा क्षेत्रलाई ५ वटा क्षेत्र र कर्पाेरेट तथा वित्तीय प्रधान कार्यालयको संयुक्ट टोली गरी ६ वटा टोलीको सहभागिता रहेको प्रतियोगिता पुस २४ गते सुरुंगा जेसिजको भवनमा सम्पन्न भएको थियो । मेची क्षेत्रले उपाधि जित्दा भद्रपुर–केचना दोस्रो र बिर्ता–अर्जुन क्षेत्रले तेस्रो स्थान हासिल गरे ।


छनोट चरणमा आआफ्नो क्षेत्रका प्रतिष्पर्धी कर्मचारीलाई पाखा लगाउँदै अन्तिम प्रतिष्पर्धाको यात्रा तय गरेका क्षेत्रीय टोलीहरुले संस्थाका कार्यविधि, समसामयिक तथा विविध क्षेत्रका प्रश्नहरुको उत्तर दिएका थिए । औपचारिक कार्यव्रmम वित्तीय साक्षरता उपसमिति संयोजक गोपाल प्याकुरेलको अध्यक्षता तथा उपसमितिका सदस्य सचिव हिरन कट्टेलको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यव्रmममा सहभागीहरुलाई उपसमिति सदस्य कमलप्रसाद पाठकले शाब्दिक स्वागत गर्नुभएको थियो ।
प्रथम, दोस्रो र तेस्रो हुने टोलीलाई संस्थाका सञ्चालक समिति उपाध्यक्ष भगवती घिमिरे मैनाली, सञ्चालक सदस्य सावित्रा दाहाल भट्टराई लगायतले नगद तथा प्रमाण पत्रद्वारा सम्मानित गरिएको थियो ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top