skip to Main Content
सम्पर्क: +977-566847/567188 (Corporate Office) Check Mail Career Reports Download Contact us

एनएमसी सुपरसिक्स व्रिmकेटको उपाधि संयुक्त टोलीलाई

सुरुंगा । एनएमसी सुपरसिक्ट व्रिmकेट प्रतियोगिताको उपाधि एनएमसी डेरी, एकीकृत नमुना कृषि फर्म र चिया व्यवसायको संयुक्त टोलीले जितेको छ । सुरुंगास्थित कनकाई माविको खेल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा कर्पाेरेट तथा वित्तीय व्यवसायको संयुक्त टोलीलाई पराजित गर्दै उसले उपाधि जितेको हो ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको विषयगत उपसमिति खेलकुद उपसमितिको आयोजनामा सम्पन्न प्रतियोगितामा ८ वटा टोलीको सहभागिता रहेको थियो । उपाधिका साथ विजयी टोलीले १५ हजार र उपविजेता टोलीले १० हजार नगद समेत हात पारेका थिए ।


प्रतियोगिताको उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा बोल्दै कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोखरेलले एनएमसीले व्यवसाय विस्तारका साथै सामाजिक उत्तरदायित्वतर्पm गरेको यसप्रकारका कार्यहरुले समाजमा अलग्गै छाप छोड्न सफल भएको बताउनुभयो ।

उद्घाटन सत्रमा कनकाइ नगरपालिका वडा नं. ३ का वडाध्यक्ष रुद्र प्रसाद चिमरिया, संस्था सञ्चालक समिति सदस्य सावित्रा दाहाल भट्टराई, प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीलगायतले बोल्नुभएको थियो ।


प्रतियोगितामा बेस्ट बलर जीवन निरौला, बेस्ट ब्याट्सम्यान सन्दिप बस्नेत तथा प्रतियोगिताकै उत्कृष्ट खेलाडी सुबोध बुढाथोकी घोषित भए । खेलकुद उपसमिति संयोजक हरिप्रसाद तिम्सनाको अध्यक्षमा सम्पन्न भएको कार्यव्रmमको सञ्चालन सामुदायिक विभाग प्रमुख हिरन कट्टेलले गर्नुभएको थियो भने कार्यव्रmममा उपस्थितलाई खेलकुद उपसमिति सदस्य प्रविण थापाले शाब्दिक स्वागत गर्नुभएको थियो ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top