skip to Main Content
सम्पर्क: +977-566847/567188 (Corporate Office) Check Mail Career Reports Download Contact us

एनएमसी सहकारी पसलका कर्मचारीलाई तालिम

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले माघ २ गते आफ्नो चौथो व्यवसाय सहकारी पसलमा कार्यरत कर्मचारीहरुका लागि बिक्री प्रवद्र्धन सम्बन्धी तालिम प्रदान गरेको छ ।


संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिको आयोजनामा सम्पन्न तालिमको सहजीकरण राजाबाबु शाहले गर्नु भएको थियो । आफ्नो पसलको बिक्री बढाउन अथवा कुनै पनि व्यवसाय प्रवद्र्धन गर्न दैनिक एक जनामात्र नयाँ ग्राहक खोज्ने हो भने कसैले पछाडि फर्केर हेर्न नपर्ने सहजीकरणका क्रममा शाहले बताउनु भयो ।

शिक्षा तथा तालिम उपसमितिका सदस्य केसी श्रेष्ठको अध्यक्षतामा सदस्य सचिव हिरन कट्टेलले सञ्चालन गरेको औपचारिक समारोहमा उपस्थितहरुलाई उपसमिति सदस्य घनश्याम अधिकारीले शाब्दिक स्वागत गर्नु भएको थियो ।
तालिमको पहिलो सत्रमा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले एनएमसीले तय गरेको नारा ‘असल संस्कार र समृद्धि’ विषयमा सहजीकरण गर्नु भएको थियो ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top