बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को बित्तीय साक्षरता उपसिमितिले आयोजना गरेको कर्मचारीस्तरीय हाजिरीजवाफ…
एनएमसी र बैगुनधुरा साकोसबीच औपचारिक एकीकरण
गौरादह । गौरादह नगरपलिका वडा नं. ९ मा रहेको बैगुनधुरा बचत तथा ऋण सहकारी संस्था र नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)बीच भदौ १४ गते आइतबारदेखि एकीकृत कारोबार सुरु भएको छ ।
दुई संस्थाबीच एकीकरण गर्ने दुवै संस्थाका सञ्चालकहरुको निर्णय पछि अन्तिम लेखा परीक्षण गरी कारोबारलाई चुस्त दुरुस्त बनाएर आजदेखि एकीकृत कारोबार सुरु गरिएको हो । गुरु पुरोहितबाट स्वस्तीवाचन तथा पूजा अर्चना गरी विधिवतरुपमा कार्यालयको सञ्चालन गरिएको हो ।
एकीकृत कारोबार सुरु गर्न आयोजित संक्षिप्त कार्यक्रममा बैगुनधुरा बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन अध्यक्ष प्रकाशचन्द्र खरेलले सहकारीको मर्म र भावनालाई आत्मसात गरी अझ सशक्त ब्यवसाय गर्न एनएमसीसँग एकीकरण गरिएको बताए ।
कार्यक्रमको अध्यक्षता गरेका उनले सहभागीहरुलाई स्वागत गर्दै बहुव्यवसाय गरिरहेको एनएमसीसँगको एकीकरणले आफ्ना सबै सयर सदस्यहरुलाई न्याय हुने अपेक्षा पनि सुनाए ।
संस्थाको दूधे क्षेत्रीय कार्यालयका प्रमुख कमल कट्टेलले सञ्चालन गरेको कार्यक्रममा एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीले बैगुनधुरामा एनएमसीको कार्यालय बिस्तार गरेर यहाँका बासिन्दाको वित्तीय आवश्यकता पूरा गर्दै सहकारीको उच्चतम अभ्यास गर्न चाहेको बताए ।
‘एनएमसीले यहाँबाट संकलन गरेको निक्षेप बचत रकम अन्यत्र लैजानुभन्दा पहिले स्थानीय आवश्यकता पूरा गरिनेछ’ अध्यक्ष उप्रेतीले थपे, ‘८७ हजार भन्दा धेरै सदस्यहरुको अझ बढी वित्तीय सुरक्षा एवम् अन्य सेवा सुविधाका लागि एमएमसीले जिम्मेवार भएर काम गर्नेछ ।’
गौरदह वडा नं. ९ का सदस्य कृष्ण गौतमले बैगुनधुरा साकोस र एनएमसीको एकीकरणले स्थानीयमा सहकारी व्यवसायप्रति थप सकारात्मक उर्जा मिलेको बताए ।
बैगुनधुरा साकोसका तत्कालीन उपाध्यक्ष धर्मा ढुङ्गानाले कार्यक्रममा सहभागीहरुलाई धन्यवाद दिँदै खहरेहरु जतिसुकै भए पनि समुन्द्रमा नै गएर मिसिने भएकाले आफूहरुले एनएमसीसँग एकीकरण गर्ने निर्णय गरेको सुनाइन् ।
This Post Has 0 Comments