skip to Main Content
सम्पर्क: +977-23-563188 / 562847 (प्रधान कार्यालय) Check Mail Career Reports Download Contact us

एनएमसी र कालीकोशी साकोस बीच एकीकरण

मोरङ । नेपाल बहउुद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) र कालिकोशी बचत तथा ऋण सहकारी संस्था लि., मोरङ बीच एकीकरण सम्पन्न भएको छ ।
कालीकोशी सहकारीको कार्यालयमा बुधबार एक कार्यक्रम गरी एकीकरण कार्यक्रमसँगै कारोबारको उद्घाटन गरिएको हो ।दुबै संस्थाकाअध्यक्षहरुबाट संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरिएको थियो । एनएमसीका सञ्चालक समिति अध्यक्ष रामचन्द्र उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता कालिकोशी साकोसका अध्यक्ष कविराज भट्टराईले गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कालीकोशी साकोसका लेखा तथा सुपरिवेक्षण समिति संयोजक सरोज दाहालले स्वागत मन्तव्य राख्नुभयो ।
कालिकोशी साकोसको बित्तिय बिवरण प्रस्तुत गर्दै संस्थाको ब्यवस्थापक रिता चौधरीले सदस्य संख्या ३९७ जना, निक्षेप मौज्दात रु. ८३,६५,०००, लगानीमा रहेको कर्जा रु. १,०४,००,००० र वासलात अंक रु. १,२५,००,००० रहेको जानकारी गराउनुभयो ।


एकीकरणको आवश्यकता र औचित्यसहित समग्र संस्थाको बित्तिय अवस्थाका बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले मन्तब्य राख्नुभयो ।
संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले संस्थाको बिगत देखि बर्तमान अवस्था र भावि सम्भावनाका बारेमा धारण राख्दै संस्थाको ४४ औं शाखाको रुपमा र मोरङ जिल्लाकै पहिलो शाखाको रुपमा स्थापित गराउन एकीकरणमा साथ र सहयोग गर्नुहुने सम्पुर्ण प्रति आभार समेत ब्यक्त गर्दै उक्त शाखालाई कृषि क्षेत्रको बिकास गर्ने हबको रुपमा स्थापित गरिने जानकारी गराउनु भयो ।
समग्र संस्थाद्वारा संचालित ब्यवसायहरुको बारेमा संक्षेपमा जानकारी सहितको प्रस्तृती संस्थाको उपाध्यक्ष भगवती घिमिरेले राख्नुभएको थियो ।
कार्याक्रम सञ्चालन एनएमसी बिर्तामोड कार्यालय प्रमुख होमनाथ मैनालीले गर्नुभएको थियो ।

This Post Has One Comment

Leave a Reply

Back To Top