skip to Main Content
सम्पर्क: +977-23-563188 / 562847 (प्रधान कार्यालय) Check Mail Career Reports Download Contact us

एनएमसी फुटसलको उपाधि संयुक्त व्यवसायलाई

धुलाबारी । अत्यन्तै रोमाञ्चक खेलको ट्राइब्रेकरमा कर्पाेरेट कार्यालयलाई एक–शून्यले पाखा लगाउँदै संयुक्त व्यवसायको टोलीले एनएमसी महिला फुटसलको उपाधि जितेको छ ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको विषयगत उपसमिति खेलकुद उपसमितिको आयोजनामा शनिबार धुलाबारी फुटसल एरिनामा सम्पन्न प्रतियोगितामा संस्था अन्तर्गतका ७ वटा कर्मचारी टोलीको सहभागिता रहेको थियो ।


संस्था अन्तर्गतका ५ वटा क्षेत्रीय टोली, प्रधान कार्यालय र कर्पाेरेट कार्यालयको संयुक्त टोली र संस्था अन्तर्गतका वित्तीय व्यवसायबाहेकका डेरी, कृषि फर्म, सहकारी पसल र चिया व्यवसायको संयुक्त टोली बिच प्रतिष्पर्धा भएको थियो । पहिलो सेमिफाइनलमा भद्रपुर–केचना क्षेत्रलाई पाखा लगाउँदै फाइनल प्रवेश गरेको कर्पाेरेट र प्रधान कार्यालयको संयुक्त टोलीलाई दोस्रो सेमिफाइनलमा बिर्ता–अर्जुनलाई जितेको संयुक्त व्यवसायले हराउन ट्राइब्रेकरसम्म कुर्नु प¥यो ।

फाइनल खेलमा तोकिएको अवधिभर कुनै टोलीबाट गोल नभएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।
संस्थाले आफ्ना महिला कर्मचारीको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि यसप्रकारका खेलकुद गतिविधि सञ्चालन गर्दै आएकोछ ।

एनएमसी खेलकुद उपसमिति सदस्य मुना बिष्टले खेलप्रतिको रुची र पुनर्ताजगीका लागि आयोजना गरिने यसप्रकारका गतिविधिले महिला कर्मचारीलाई अझ हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगिताको उत्कृष्ट खेलाडी संयुक्त व्यवसाय टोलीका रञ्जिता कट्टेल घोषित हुनुभयो । प्रतियोगितामा विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।


उद्घाटन तथा सम्मान कार्यव्रmम एनएमसी खेलकुद उपसमिति संयोजक हरिप्रसाद तिम्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो । उद्घाटन कार्यव्रmममा मेचीनगर नगरपालिका वडा नं. १० का वडाध्यक्ष सुदयकुमार पनेरुको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यव्रmममा बोल्दै प्रमुख अतिथि पनेरुले एनएमसीले वित्तीय बाहेक अन्य धेरै व्यवसाय सञ्चालनका साथै यसप्रकारका सामाजिक गतिविधि सञ्चालन गर्ने भएर नै सहकारीका बीच आफूलाई अब्बल स्थानमा पु¥याउन सफल रहेको बताउनुभयो । उपसमिति सदस्य मुना बिष्टको शाब्दिक स्वागत रहेको कार्यव्रmमको सञ्चालन संस्था अन्तर्गत सामुदायिक विभाग प्रमुख हिरन कट्टेलले गर्नुभएको थियो ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top