बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को बित्तीय साक्षरता उपसिमितिले आयोजना गरेको कर्मचारीस्तरीय हाजिरीजवाफ…
एनएमसी छात्रवृत्ति प्रदान
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) को वार्षिक क्यालेन्डर अनुसार विगत वर्षमा झैँ यसपटक पनि छात्रवृत्ति वितरण तथा शुभकामना आदान प्रदान कार्यव्रmम सम्पन्न भएको छ ।
२०७३ सालको एसईई परीक्षामा उत्कृष्ट ग्रेड हासिल गर्ने संस्थाका सदस्यका छोराछोरीलाई प्रत्येक वर्ष प्रदान गरिदै आएको छात्रवृत्ति पुरस्कार यसपटक चन्द्रगढी कार्यालयको स्थानीय व्यवस्थापनमा सम्पन्न भएको हो । असोज ६ गते बिहीबार चन्द्रगढी कार्यालयको सभाहलमा सम्पन्न कार्यव्रmममा छात्रहरु केशव गौतम र समीप न्यौपाने तथा छात्राहरु श्रेया खनाल र समिरा खरेललाई प्रमाण पत्र तथा नगद सात हजारसहित सम्मानित गरियो ।
सोही अवसरमा संस्थाका आ.व. २०७३÷०७४ का उत्कृष्ट ऋणीहरु मध्ये चन्द्रगढी कार्यालय अन्तर्गतका ३९ जना उत्कृष्ट ऋणी सदस्यलाई नगद एक हजारसहित प्रमाण पत्रद्वारा सम्मानित गरिएको थियो । चन्द्रगढी कार्यालयगत समिति संयोजक हिराप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा स्वागत सञ्चालक समिति सदस्य माधवचन्द्र प्याकुरेलले गर्नुभएको थियो । कार्यव्रmममा भद्रपुर नगरपालिकाका नगरप्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो भने वडा नं. ७ का वडा अध्यक्ष विनोद पोखरेल, एकतामूल कृषि सहकारी संस्थाका अध्यक्ष भगीरथ नेपाल, ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्थाकी गीता न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।
कार्यव्रmममा प्रमुख अतिथिका साथै अतिथिहरुले उत्कृष्ट छात्र तथा छात्राहरुलाई बधाई तथा शुभकामना दिँदै विजयादशमी तथा तिहारको शुभकामना आदान प्रदान गर्नुभएको थियो । कार्यव्रmममा संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीको विशेष उपस्थिति रहेको थियो । एक सयभन्दा बढीको सहभागिता रहेको कार्यव्रmमको सञ्चालन एनएमसी चन्द्रगढी कार्यालयका कार्यालय प्रमुख प्रकाश सुवेदीले गर्नुभएको थियो ।
This Post Has 0 Comments