skip to Main Content
सम्पर्क: +977-566847/567188 (Corporate Office) Check Mail Career Reports Download Contact us

एनएमसी कर्मचारीस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बिर्तामोड ः संस्था अन्तर्गतको विषयगत उपसमिति वित्तीय साक्षरता उपसमितिको आयोजनामा मिति २०७९ साल कात्तिक महिनाको १९ गते शनिबार बिर्तामोृडमा कर्मचारीस्तरीय हाजिरिजवाफ प्रतियोगिता २०७९ सम्पन्न भएको छ । उपसमितिका संयोजक गोपाल प्याकुुरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका संचालक समितिका अध्यक्ष रामचन्द्र उप्रेतीज्युुको विशेष उपस्थिति रहेको थियो ।


कार्यक्रममा संचालक समितिका पदाधिकारी तथा लेखा सुुपरिवेक्षण समितिका सदस्यहरुको समेत उपस्थिति रहेको थियो । संस्था अन्तर्गतका विभिन्न व्यवसायमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रममा जम्मा १०० जना भन्दा बढीको उपस्थिति रहेको थियो ।हाजिरिजवाफ प्रतियोगितामा संस्थाको आन्तरिक कार्यविधि,विनियम, परिपत्र तथा संस्था समसामयिक विषयमा प्रश्नहरु सोधिएका थिए भने विभिन्न बाह्य प्रश्नहरु समेत सोधिएको थियो ।जम्मा १३ वटा राउण्ड समाबेश गरिएको उक्त कार्यक्रममा उपसमितिका सदस्य मैना प्रधानको शाब्दिक स्वागत मन्तब्य रहेको थियो भने शुुभकामना मन्तव्य संस्थाका संचालक समितिका अध्यक्षले राख्नुुभएको थियो ।कार्यक्रममा सहभागि सात वटा समूह मध्ये कनकाई समूहले पहिलो स्थान प्राप्त गरेको थियो भने दोस्रो र तेस्रो हुुने समूह क्रमश मेची र मोरड्ग समूह रहेको थियो ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top