skip to Main Content
सम्पर्क: +977-23-563188 / 562847 (प्रधान कार्यालय) Check Mail Career Reports Download Contact us

एनएमसीको ४३ औं कार्यालय लक्ष्मीपुरमा

कनकाई । नेपाल बहउुद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) र छहारी नेपाल कृषि सहकारी संस्था, लक्ष्मीपुर बीच एकीकरण भएको छ ।


एनएमसीको ४३ औं शाखा कार्यालयको रुपमा स्थापित छहारी सेवा केन्द्र, लक्ष्मीपुर शाखाको बुधबार एक कार्यक्रम गरी उद्घाटन गरिएको हो । कनकाई नगपालिका ८ का वडाध्यक्ष प्रेमबहादुर कट्वालको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता छहारी नेपाल कृषि सहकारी संस्थाका अध्यक्ष युवराज चुँडालले गर्नुभएको थियो ।


उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्याकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले स्वागत मन्तव्य राख्नुभएको थियो । विशेष अतिथिको रुपमा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले आफ्नो मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन कनकाई क्षेत्रिय कार्यालय प्रमुख प्रकाश सुवेदीले गर्नुभएको थियो ।

This Post Has One Comment

Leave a Reply

Back To Top