skip to Main Content
सम्पर्क: +977-23-563188 / 562847 (प्रधान कार्यालय)Check Mail Career Reports Download Contact us

एनएमसीको ४२ औं शाखा भृकुटीमा

मेचीनगर । नेपाल बहउुद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले मेचीनगर–२ स्थित भृकृटीमा आफ्नो शाखा विस्तार गरेको छ ।
एनएमसीको ४२ औं शाखा कार्यालयको रुपमा स्थापित भृकुटी शाखाको आइतबार एक कार्यक्रम गरी उद्घाटन गरिएको हो । मेचीनगर २ का वडाध्यक्ष तिलक न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता बाहुण्डाँगी कार्यालयगत उपसमितिका संयोजक हरिप्रसाद उप्रेतीले गर्नुभएको थियो ।


उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्याकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले स्वागत मन्तव्य राख्नुभएको थियो । विशेष अतिथिको रुपमा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले आफ्नो मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन मेचीनगर क्षेत्रिय कार्यालय प्रमुख अरुणकुमार प्रधानले गर्नुभएको थियो ।


असार १ गतेबाट भृकृटी शाखाले आफ्नो कारोबार सुरु गरेको छ ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top