बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को बित्तीय साक्षरता उपसिमितिले आयोजना गरेको कर्मचारीस्तरीय हाजिरीजवाफ…
एनएमसीको २४ औँ कार्यालय गरामनीमा
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले बुधबारदेखि आफ्नो २४ औँ कार्यालय गरामनीमा सञ्चालन गरेको छ ।
बिर्तामोड नगरपालिका वडा नं. ७ गरामनी बजारमा स्थापित सम्पर्क कार्यालयको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटीले उद्घाटन गर्नुभएको थियो । कार्यालय उद्घाटनपछि मन्तव्य राख्ने क्रममा नगर प्रमुख सिवाकोटीले एनएमसीले बिर्तामोड नगरपालिकाका वडा–वडासम्म आफ्नो सेवा विस्तार गरेकोमा खुसी व्यक्त गर्नुभएको थियो ।
एनएमसीले नेपालको सहकारी अभियानमा मार्गदर्शकको भूमिका निर्वाह गरिरहेको आफूले पाएको बताउँदै नगर प्रमुख सिवाकोटीले एनएमसी डेरीको स्थापना र सञ्चालनले झापाका पशुपालक किसानसहित उपभोक्ता पनि लाभान्वित भइरहेको बताउनुभएको थियो ।
बिर्तामोड कार्यालयगत समितिका संयोजक हरिप्रसाद आचार्यको अध्यक्षतामा बिर्तामोड कार्यालय प्रमुख भूपाल गौतमले सञ्चालन गरेको गरामनी सम्पर्क कार्यालय उद्घाटन समारोहमा समितिका सदस्य मेदनीप्रसाद न्यौपानेले शाब्दिक स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले एनएमसी बहुउद्देश्यीय सहकारी संस्था भएकाले आफ्ना सदस्यहरुलाई उत्पादनसँग जोड्न र स्वरोजगार बनाउन डेरी उद्योग खोलिएको जानकारी गराउनुभयो ।
संस्थाका सञ्चालक समितिका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले मेचीनगर–१३ को दुहागढीमा १३ बिगाहा जमिनमा यसैवर्षदेखि कृषि परियोजना सुरु गरिने र अग्र्यानिक उत्पादनतर्फ प्रवेश गरिने बताउनुभयो ।
एनएमसीले बहुव्यवसायका साथै सामाजिक उत्तरदायित्वतर्फ पनि उत्तिकै महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउँदै उपाध्यक्ष उप्रेतीले संस्थाको रजत वर्षभित्र २५ वटा कार्यालयबाट आफ्ना सदस्यलाई सेवा प्रवाह गर्ने लक्ष्य राखेकोमा गरामनीमा २४ औँ कार्यालय सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।
This Post Has 0 Comments