बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को विषयगत उपसमिति शिक्षा तथा तालिम उपसमितिको…
एनएमसीको हाजिरीजवाफ
नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको अतिरिक्त व्रिmयाकलाप समितिको आयोजनामा जिल्लास्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता असोज २७ गते शुव्रmबार जलथलमा सम्पन्न भएको छ । महेन्द्र मावि जलथलमा आयोजित प्रतियोगितामा जिल्लाभरीका १६ वटा विद्यालय सहभागी थिए ।
प्रतियोगितामा जनजागृति मावि गोलधापले प्रथम हँुदै नगद ५ हजार र प्रमाण पत्र हात पारेको थियो । यसैगरी लक्ष्मीप्रसाद देवकोटा मावि पथरिया दोस्रो तथा महेन्द्र रत्न मावि अनारमनी तेस्रो भए । उनीहरुले व्रmमशः ४ हजार र ३ हजार रुपियाँ नगदसहित प्रमाण पत्र प्राप्त गरेका थिए ।
महेन्द्र ज्योति मावि सैनिकलाई सान्तवना स्वरुप एक हजार ५ सय रुपैयाँ र प्रमाण पत्र प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथि हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रपसाद लिङ्देन, संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीलगायतले विजयी विद्यालयका विद्यार्थीहरुलाई नगद तथा प्रमाण पत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा महेन्द्र मावि जलथलका प्रधानध्यापक गंगाराम खरेल हल्दीबारीका स्रोत व्यक्ति टंक सेढाईलगायतले बोल्नुभएको थियो ।
संस्थाका सञ्चालक सदस्य माधवचन्द्र प्याकुरेलको सभापतित्वमा भएको कार्यव्रmममा स्वागत आयोजक समितिका सदस्य कृष्ण भट्टराई तथा सञ्चालन सावित्रा दाहाल र गोपाल प्याकुरेलले संयुक्त रुपमा गरेको संस्थाका सामूदायिक विभाग प्रमुख हरिभक्त बरालले जानकारी दिनुभयो ।
This Post Has 0 Comments