बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को विषयगत उपसमिति शिक्षा तथा तालिम उपसमितिको…
एनएमसीको दोस्रो एकाइ परिषद् सम्पन्न
शिवगञ्ज । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)को दोस्रो एकाइ परिषद् बैठक माघ १६ गते मंगलबार शिवगञ्जमा सम्पन्न भएको छ ।
संस्था अन्तर्गतका १ सय ६२ वटा एकाइ समितिका संयोजक तथा सदस्यहरुको सहभागितामा सम्पन्न परिषदले ६ बँुदे घोषणा पत्र सार्वजनिक गर्दै बैठक सम्पन्न भएको हो । एकाइसम्म शक्तिको विकेन्द्रीकृत गर्दै सहकारीलाई नीतिगत तथा पारदर्शी रुपमा सञ्चालन गर्दै आएको एनएमसीले एकाइ परिषद्को बैठकलाई अझै भव्य रुपमा निरन्तरता दिने जनाएको छ ।
शिवगञ्जस्थित श्री जनआदर्श माविको प्राङ्गणमा सम्पन्न भेलाको एनएमसी दुधे र शिवगञ्ज कार्यालयले स्थानीय व्यवस्थापन गरेका थिए । उद्घाटन सत्रका प्रमुख अतिथि झापा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य एलपी साँवाले एनएमसीले डेरी तथा कृषिमा गरेको लगानीको मुक्त कण्ठले प्रसंशा गरेका थिए । संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीको अध्यक्षतामा सम्पन्न बैठकमा झापा क्षेत्र क्षेत्र नम्बर ४ ‘१’ का प्रदेश सभा सदस्य झलकसिंह दर्लामी, क्षेत्र नम्बर ४ ‘२’ का प्रदेश सभा सदस्य हिराकुमार थापा, जिसस झापाका संयोजक सोमनाथ पोर्तेल, जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल, उपाध्यक्ष गीता कुँवर, जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष घनश्याम अधिकारी, संस्थाका सञ्चालक समिति उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेती, एनएमसी डेरीका प्रबन्ध निर्देशक श्यामकुमार मिश्रलगायतले बोलेका थिए । संस्थाका सञ्चालक समिति सदस्य खेमनाथ मिश्रको स्वागत रहेको कार्यव्रmमको सञ्चालन ठाकुरप्रसाद सिवाकोटी र भगवती घिमिरेले गरेका थिए ।
This Post Has 0 Comments