skip to Main Content
सम्पर्क: +977-566847/567188 (Corporate Office) Check Mail Career Reports Download Contact us

एनएमसीका समिति पदाधिकारीलार्ई उत्प्रेरणामूलक तालिम

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को आयोजनामा एकदिने उत्प्रेरणामूलक कार्यव्रmम सम्पन्न भएको छ । शुव्रmबार बिर्तामोडस्थित साई पार्टी प्यालेसमा सम्पन्न कार्यव्रmममा संस्थाका अन्तर्गतका समिति÷उपसमिति पदाधिकारीहरुलाई विभिन्न विधामा सहजीकरण गरिएको थियो ।
कार्यव्रmमको पहिलो सत्रमा स्वस्थ भान्सा तथा स्वास्थ्य जीवनशैली सम्बन्धी विषयमा सहजकर्ता गंगा ढकालले सहजीकरण गर्दै संस्थाले तय गरेको ‘असल संस्कार र समृद्धिका लागि एनएमसी’को मूल नारालाई सार्थक बनाउन आफ्नो जीवनशैलीलाई परिवर्तन गर्न सुझाव दिनुभएका थियो ।
दोस्रो सत्रमा सहजीकरण गर्दै मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारीले जीवन, जगत तथा सोच विषयमा आफ्ना महत्त्वपूर्ण भनाई राख्नुभयो । सकारात्मक सोचले मानिसलाई समाज, राष्ट्र अनि विश्व निर्माणका लागि तयार गर्न उँहाले सहभागीलाई अभिप्रेरित गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले सहभागीहरुलाई संस्थाको वर्तमान अवस्था तथा भावी कार्यदिशा सम्बन्धी भनाई राख्दै अबको एनएमसीले गर्ने महत्त्वपूर्ण कामहरुको चर्चा गर्नुभएको थियो ।
संस्था अन्तर्गतको सामुदायिक विभाग प्रमुख हिरन कट्टेलले सञ्चालन गरेको कार्यव्रmममा सहभागीहरुलाई उपाध्यक्ष भगवती घिमिरेले शाब्दिक स्वागत गर्नुभएको थियो । एनएमसीले हाल वित्तीय, डेरी, कृषि फर्म, सहकारी पसल र चिया उद्योग सञ्चालनमा ल्याएको छ ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top