skip to Main Content
सम्पर्क: +977-566847/567188 (Corporate Office) Check Mail Career Reports Download Contact us

एनएमसीका सदस्य सहजकर्तालाई उत्प्रेरणामूलक कार्यक्रम

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले संस्था अन्तर्गत वित्तिय व्यवसायमा कार्यरत सदस्य सहजकर्ताहरु बीच अभिमुुखिकरण तथा उत्प्रेरणामुुलक कार्यक्रम सम्पन्न गरेको छ । एनएमसीको विषयगत उपसमिति शिक्षा तथा तालिम उपसमितिले उक्त कार्यक्रम आयोजना गरेको हो ।


संस्थाको कार्यक्षेत्र भित्र पर्ने झापा, इलाम र मोरङ जिल्ला क्षेत्रमा कार्यरत सदस्य सहजकर्ताहरुलाई लक्षित गरी विभिन्न ८ स्थानमा कार्यक्रमको आयोजना गरिएको थियो । आर्थिक वर्ष २०७९।८० मा भएका संस्थाका नीतिगत परिमार्जनको बारेमा स्पष्ट पार्न र कार्यरत सदस्य सहजकर्ताहरुलाई उत्प्रेरणा जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एक प्रशिक्षकले बताउनुभयो ।
कार्यक्रममा प्रमुुख सहजकर्ताको भुुमिकामा संस्थाका सञ्चालक तथा लेखा समितिका पदाधिकारीहरुलाई जिम्मेवारी तोकिएको थियो भने प्रशिक्षकको रुपमा विभागिय प्रमुुख, व्यवसाय प्रमुुख र क्षेत्रीय प्रमुुखहरु रहनुभएको थियो ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top