skip to Main Content
१९ फाल्गुन २०७७, बुधबार | सम्पर्क: +977-23-563188 / 562847 (प्रधान कार्यालय) Check Mail Career Download Contact us

एटीएम सञ्चालन गर्ने झापाको पहिलो सहकारी बन्यो एनएमसी

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था(एनएमसी)ले एटीएम सेवा सुरु गरेको छ । यो सेवाको शुरुसँगै एनएमसी झापामा पहिलोपटक एटीएम सेवा दिने सहकारी बनेको छ ।

काँकरभिट्टा िस्थत प्रधान कार्यालय रहेको एनएमसीले जिल्लास्थित ५ वटा सेवा केन्द्रमा एटीएम मेसिन राखेर पुसको अन्तिम सातादेखि सेवा सुरु गरेको हो ।
संस्थाको प्रधान कार्यालय काँकरभिट्टामा पत्रकार सम्मेलनको आयोजना गरी एक समारोहबीच एटीएम सेवाको उद्घाटन गरिएको छ ।
समारोहका प्रमुख अतिथि समेत रहनुभएको मेचीनगर नगरप्रमुख बिमल आचार्यले प्रधान कार्यालय काँकरभिट्टामा रहेको एटीएम मेसिनको उद्घाटन गर्नुभएको थियो ।

नगरप्रमुख आचार्यले एनएमसीलाई मेचीनगरको गौरवको संज्ञा दिँदै प्रविधिको प्रयोगबाट सदस्य सेवा सहज बनाउन गरेको प्रयासको सराहना ब्यक्त गर्नुभयो । सहकारी सदस्यको सुख दुःखको साथी बनेर सामाजिक उत्तरदायित्वमा अग्रसर भएकोमा आभार प्रकट गर्नुभयो ।
काउन्टरको भीडभाड कम गर्न, सदस्यलाई नयाँ प्रविधियुक्त बैंकिङ सुविधा पुर्‍याउन र चाहिएको बेला सजिलै पैसा निकाल्न संस्थाले सेवा सुरु गरेको बताउनुहँदै संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले एटीएम सेवा र संस्थाको प्रगतिका बारेमा पत्रकारहरुलाई जानकारी गराउनु भयो ।
‘संस्थाले आफ्ना सदस्यहरुलाई वित्तीय कारोबारमा थप सहजताका लागि विगतदेखि नै नविनतम प्रविधिहरुको खोजी र प्रयोग गर्दै आइरहेकोमा यसैको निरन्तरतास्वरुप आजदेखि एटीएम सेवा सञ्चालनमा ल्याइएको हो ।’ अध्यक्ष उप्रेतीले भन्नुभयो ।
उद्घाटन अवसरमा मेचीनगरका उपप्रमुख मीना उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहकारीका बैंकिङ व्यवसाय समिति सदस्य राजु उप्रेतीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
बैंकिङ व्यवसायको प्रशासन प्रमुख मनिष कोइरालाले एससीटी र युपीआई नेटवर्कमा समेटिएको एटीएम प्रयोग गरिएको जानकारी दिनुभयो ।
सो अवसरमा मेचीनगरका प्रमुख बिमल आचार्य र उपप्रमुख मीना उप्रेतीले एनएमसीको नयाँ प्रविधियुक्त सेवा सुरुवातका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top