बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को बित्तीय साक्षरता उपसिमितिले आयोजना गरेको कर्मचारीस्तरीय हाजिरीजवाफ…
अन्तर मावि हाजिरीजवाफ प्रतियोगिताको उपाधि महेन्द्ररत्न माविलाई
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC COOP को सामाजिक सरोकारसँग सम्बन्धित समिति वित्तीय साक्षरता समितिको आयोजनामा विर्तामोड क्षेत्रका मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
विर्तामोड क्षेत्रभित्रका १५ वटा विद्यालयको सहभागिता रहेको थियो ।
वित्तीय साक्षरता समितिको सदस्य मैना प्रधानको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि महेन्द्ररत्न माविका प्रधानाध्यापक खड्गप्रसाद खरेलको रहेको थियो ।
उक्त प्रतियोगितामा महेन्द्ररत्न मावि प्रथम, कञ्चनजंघा मावि दोश्रो, कोहेड मावि तेश्रो तथा वीर अमरसिंह मावि सान्तवना भएको थियो । प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो तथा सान्तवना हुने विद्यालयहरुलाई प्रमाणपत्र सहित क्रमशः रु. ६ हजार, ४ हजार पाँचसय, ३ हजार र १ हजार पाँचसय रुपैयासहित कार्यक्रमको प्रमुख अतिथि खरेल तथा कार्यक्रमको अध्यक्ष प्रधान, संस्थाका उपाध्यक्ष भगवती घिमिरे, लेखा सुपरीवेक्षण समिति सदस्य रचना दाहालले प्रदान गर्नुभएको थियो ।
विर्तामोड क्षेत्रीय कार्यालयगत समिति संयोजक शान्ता रोकाले स्वागत मन्तव्य साथै वित्तीय साक्षरता समितिका सदस्य दीपक दाहालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको कार्यक्रमको सञ्चालन वित्तीय साक्षरता समितिको सदस्य सचिव अरुणकुमार प्रधानले गर्नुभएको थियो ।
This Post Has 0 Comments