बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को विषयगत उपसमिति शिक्षा तथा तालिम उपसमितिको…
अन्तर मावि हाजिरीजवाफ प्रतियोगिताको उपाधि विद्योदय माविलाई
शारणामतिस्थित जनकल्याण माविको प्राङ्गणमा सम्पन्न अन्तर कार्यालय हाजिरीजवाफ प्रतियोगिताको उपाधि विद्योदय माविले जितेको छ । ८ वटा माविलाई पछि पादै विद्योदय माविले सो उपाधि तिजेको हो ।
संस्थाको सामाजिक सरोकारसँग सम्बन्धित समिति वित्तीय साक्षरता समितिको आयोजना तथा शरणामति कार्यालयको स्थानीय व्यवस्थापनमा सम्पन्न कार्यक्रममा जनकल्याण माविका प्रधानाध्यापक पदमप्रसाद अधिकारीको प्रमुख आतिथ्यता थियो । उक्त कार्यक्रममा ९ वटा विद्यालयको सहभागिता रहेको थियो ।
प्रतियोगितामा विद्योदय मावि प्रथम, जय पाथीभरा मावि दोश्रो, लालपानी मावि तेश्रो तथा जनता माविले सान्तवना पुरस्कार प्राप्त ग¥यो । प्रतियोगितामा उत्कृष्ट हुने विद्यालयलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा बोल्दै प्रअले एनएमसीले शैक्षिक क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्नुभएको थियो । विद्यालयस्तरदेखि नै बचतको महत्व सिकाउदै सामाजिक रुपमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
समितिका सदस्य कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न रहेको थियो । भने कार्यक्रमको सञ्चालन समितिका सदस्य सचिव अरुणकुमार प्रधानले गरेका थियो ।
This Post Has 0 Comments